काठमाडौँ ,७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग राख्दै बुधबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएको छ ।
बुधबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै रास्वपाका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाकी सांसद बिन्दबासिनी कंसाकारलाई बोल्न समय दिनुभयो ।
सांसद कंसाकारले तस्करहरु अझै सरकारसँग नडराएको भन्दै उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने बताउनुभयो । स्पेनको कार्यक्रममा समेत नक्कली सहभागी बनाएर लगेको तथ्य सार्वजनिक हुँदा समेत सरकारले नदेखेको उहाले बताउनुभयो ।


उहाले यस बिषयमा उच्चस्तरीय न्यायिक वा संसदीय समिति नबनेसम्म आन्दोलन रहने उल्लेख गर्नुभयो ।
त्यस्तै उहाले घुस प्रकरणमा जोडिएका मन्त्रीहरुमाथि कारवाही गर्न माग गर्नुभयो । आफ्ना मागको सुनुवाई नभएको भन्दै रास्वपाका सांसदहरुले सदन बहिष्कार गरेका छन् ।