काठमाडौं,७ साउन । प्रधानमन्त्री केपी ओलीले तीनै तहका सरकारमा रहेका सार्वजनिक व्यक्तिहरू कानूनी दायराभन्दा बाहिर नरहेको बताउनुभएकाे छ । प्रतिनिधिसभाको बैठकमा प्रश्नोत्तर कार्यक्रममा बोल्दै कहीँ कतै आर्थिक विचलन देखिए कारबाही हुने बताउनुभयाे।
उहाँले भन्नुभयाे, ‘भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन पनि दिन्नँ भन्ने राष्ट्रिय संकल्पप्रति हामी दृढ र प्रतिबद्ध छौँ । यद्यपि केही मानिसहरूको फेसन हुने गर्छ । प्रधानमन्त्रीलाई लाञ्छना नलगाइन नहुने त्यता मानिसहरूले कहिले पशुपतिमा सुन भनेर पित्तल चढायो भनेर हल्ला गर्छन् । अहिले पनि छानबिन होस् भनेर कराउँछन् । त्यस्ता मानिसहरू पट्टी धेरै जान्न, चित्त पनि दुखाउँदिनँ, त्यो ह्याबिटको कुरा पनि हो ।’


कसैले फेसबुकमा स्ट्याटस लेखेको भरमा कारबाही नहुने बताउनुभयाे ।