जगदुल्ला जलविद्युत आयोजना निर्माणको आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन

२०८२ श्रावण ७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,७ साउन । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले प्रचलित कानूनको बिपरित नहुने र सम्बन्धीत निकाय नै जवाफदेही हुने गरि जगदुल्ला जलविद्युत आयोजना निर्माणको आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले जगदुल्ला जलविद्युत आयोजनाको निर्माण सम्बन्धी उजुरीउपर छलफल गर्दै कानूनको बिपरित नहुने गरि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिनुभयो । उहाले जगदुल्ला जलविद्युतको विषयको मुद्दा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले यस बिषयमा थप छलफल अघि बढाउनुपर्ने आवश्यकता नदेखिएको जिकिर गर्नुभयो ।

बिभिन्न कारणले जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया दुई महिनादेखि रोकिएको जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिनुभयो । डोल्पामा निर्माण हुन लागेको १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्काका विषयमा सिनो हाइड्रोले गरेको उजुरीमा बिभिन्न निकायले अनुसन्धान समेत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय