कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुुष्पलालका विचारलाई अनुशरण गर्नुपर्छ : प्रधानमन्त्री ओली

२०८२ श्रावण ७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुुष्पलालका विचारलाई अनुशरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

४७ औँ पुुष्पलाल स्मृति दिवसको कार्यक्रममा नेकपा एमालेले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले पुष्पलाल सही विचार, गतिशील संगठन र समर्पित नेतृत्वका धनी भएको उल्लेख गर्दै समाज बदल्ने सपना बोकेकाहरुले उहाँका विचारलाई अनुशरण गर्नुपर्नेमा जोड दिनुभएको हो । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुुनो सोझ्याउने काम पुुष्पलालले कहिल्यै नगरेको स्पष्ट गर्नुभयो । उहाले समृद्धि नेपाल, सुखी नेपाली र समाजवादलाई ठिक ढंगले परिभाषित गर्ने कामको पृष्ठभूमि पुष्पलालले स्थापीत गरेको बिचारहरुमा पाइने बताउनुभयो ।

कार्यक्रममा नेताहरुले पुष्पलालको तस्वीरमा माल्यार्पण गरेका थिए । रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलालले नै कार्लमाक्र्स र फे्रडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुभएको थियो । उहाँकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । उहाँको २०३५ साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय