४३ औं बिपि स्मृति दिवसमा नेपाली कांग्रेसले असहाय एकल महिलालाई आवास हस्तान्तरण

२०८२ श्रावण ७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पुजा खडका
स्याङ्जा, ७ साउन । राष्ट्रियता, लोकतन्त्र समाजवादको नारा सहित सुरुवात भएको नेपाली कांग्रेसका प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४३ औं बिपि स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेस बिरुवा गाउँपालिका कार्यसमिति स्याङ्जाको आयोजनामा बिरुवा गाउँपालिका वडा नम्बर ५ किचनास पुष्प गाउँ निवासी एकल असहाय महिला नानी माया बि क. लाई उहाको आफ्नै जग्गामा आवासको लागि घर निर्माण गरी चाबि हस्तान्तरण  गरिएकाे  छ।

कार्यक्रम नेपाली कांग्रेस स्याङ्जा जिल्ला का पार्टी सभापति एवं प्रतिनिधि सभा सदस्य माननीय राजु थापा को प्रमुख आतिथ्यतामा चावि हस्तान्तरण कार्य गरिए को नेपाली कांग्रेस बिरुवा गाउपालिकाका सभापति डोल राज पोखरेल ले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै संघीय सांसद राजु थापाले बिपिको भनाइलाई अपनाउँदै सामाजिक सेवाको कार्य गर्न सफल रहेकोमा खुशी व्यक्त गर्दै असहाय र दुखीको सहारा बन्न सकेको र नेपाली कांग्रेसको सिद्धान्त नै असक्त असहाय को सेवा गर्दै अघि बढ्ने रहेको व्यक्त गर्नुभयो। संघीय संसद् थापाले बिपि कोइरालाको आदर्श भनाइ ूहरेक नेपालीको बस्नलाई एक सानो घर होस्, गरी खान पुग्ने एउटा खेतबारी होस्, एउटा दुहुनो गाई होस्, छोराछोरीले स्कूल पढ्न पाउन, स्वास्थ्य उपचार गर्न पाउन यही नै नेपाल को सन्दर्भमा समाजवाद हो ू भन्ने बिपि कोइरालको आदर्श भनाइ लाई कांग्रेस ले पालना गर्दै आएको छ। त्यस्तै गरी आवास निर्माण को व्यवस्था मिलाएर विरुवा गाउँपालिका कांग्रेसले विपीको आदर्श भनाइ को सदुपयोग गरेको र बिपि सिद्धांत मा उभिएको बताउँदै आउँदो दिनमा पनि कांग्रेस विपीको सिद्धान्त बमोजिम दुखी असक्त असहाय को मर्म लाई बुझेर कार्य गर्दै अघि बढ्ने छ भन्दै ४३ औं बिपि स्मृति को अवसरमा बिपि को सिद्धान्त लाई अंगिकार गर्दै पार्टी भातृ संगठन अनुकरणीय कार्य गर्दै अघि बढ्ने मा विश्वस्त रहेको जिकिर गर्नुभयो। उहाले कांग्रेस ले धेरै ठाउँमा समस्या मा सहयोग गर्दै अघि बढेको र विकास मा पहल गरिरहेको पनि उल्लेख गर्नुभयो।

बिपी चिन्तन र सामाजिक उत्तरदायित्व स्वरुप बि पि जयन्ती को दिन घर निर्माण कार्यको शिलान्यास गरेको र कार्य समापन सँगै ४३ औं बिपि स्मृति को अवसर पारेर चाबी हस्तान्तरण कार्य सम्पन्न गर्न सफल रहेको मा नेपाली कांग्रेस स्याङ्गजा जिल्ला का कार्यबाहक सभापति केदार काफ्ले ले गर्व को विषय भएको उल्लेख गर्नुभयो। निर्माण कार्य सम्पन्न गर्नको लागि साढे तिन लाख को लगानी मा सम्पन्न भएको निर्माण समिति का संयोजक ओम नाथ शर्मा ले जानकारी दिनुभयो।

विपीको समाज बाद र विपीको स्मृतिमा सामाजिक आवश्यकता लाई प्राथमिकता मा राख्दै आवास निर्माण गर्न सफल भई एकता मै तागत र हिम्मत रहने उल्लेख गर्दै अनुकरणीय काम मा सहयोग जुटाउन सहयोगी सम्पूर्ण सदस्यहरू नेपाली कांग्रेस बिरुवा गाउँ पालिका परिवार भातृ संगठन नेपाल तरुण दल, नेपाल बिद्यार्थी संघ लगायत सम्पूर्ण को पहलमा घर निर्माण कार्य सम्पन्न गरिएको र सहयोगी सम्पूर्ण प्रति विरुवा गाउँपालिका का पार्टी सभापति डोल राज पोखरेल ले आभार प्रक्त गर्दै समस्या समाधान त विकास मा जोडिँदै अघि बढ्ने बताउनुभयो।
कार्यक्रम मा ग्रामीण समस्याको विषय मा जनप्रतिनिधि सङ्ग अन्तर्क्रिया कार्यक्रम गर्दै संघीय सांसद राजु थापा, नेपाली कांग्रेस का जिल्ला कार्यबाहक सभापति केदार काफ्ले जिल्ला समन्वय समितिका सभापति श्री प्रसाद जी टी, विरुवा गाउँपालिका का वडा नंबर १ का वडा अध्यक्ष राजेन्द्र केसि, पालिका पार्टी प्रतिनिधि सदस्य हरु भातृ संगठन का पदाधिकारी सदस्यहरू, पार्टी प्रेमी स्थानिय बुद्धिजीवी सर्वसाधारण लगायतको उल्लेखनीय सहभागिता रहेको र स्थानिय समस्या सम्बन्धी अन्तरक्रिया गर्दै समाधानको लागि आफूहरु ले कोसिस र प्रयास गर्ने आफ्ना विचार व्यक्त गर्दै कार्यक्रम सम्पन्न भ

एको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय