वी.पि.कोइराला ४३ औं पुण्यस्मृति अवसरमा “वी.पि. विचारगोष्टी”

२०८२ श्रावण ८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कृष्णप्रसाद ढकाल

ललितपुर ८ साउन । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको आयोजनामा नखीपोटस्थित कार्यालय भवनमा  “वी.पि.कोइराला ४३ औं पुण्यस्मृति” अवसरको “वी.पि. विचारगोष्टी”   भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा–सदस्य साथै पूर्व गृहमन्त्री एवम् प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा आयोजित उक्त “वी.पि. विचारगोष्टी” कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

“बिचार मारेर यदि केही प्राप्ति गरिन्छ भने त्यो प्राप्ति मृत्यु सरह हुन्छ”का संवाहक ललितपुर नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव तथा प्रशिक्षक वाशिष्ट अधिकारीद्धारा संचालित उक्त कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमिति सभापति जितेन्द्रकुमार श्रेष्ठबाट भएको थियो भने, स्वागत मन्तव्य ललितपुर जिल्ला नेपाली कांग्रेस जिल्ला कार्यसमिति उपसभापति सुदर्शन घिमिरेबाट भएको थियो ।

उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि सिटौलाले “वी.पि. विचारगोष्टी”मा महामानव विश्वेश्वर प्रसाद कोइरालाले जनताको मन कमजोर हुन नदिन प्रवासबाट मेलमिलापको सिद्धान्त लिएर स्वदेश आउनुभयो । मुलुकमा सबैसँग भेटघाट गर्नुभयो तदनुरुप २०३६ सालमा बहुदलीय ब्यवस्था र निर्दलीय ब्यवस्थाका बीचको निर्वाचनमा होमिनु भयो । परिणाम हाम्रो पक्षमा नभएतापनि निरास हुनुभएन, वाँहा पुर्व मेची देखि पश्चिम कञ्चनपुर पुग्नुभयो, जनभावना बुझ्नुभयो जनतालाई हौसला दिनछाड्नु भएन, जनताको अधिकार र स्वाभिमानकोलागि लडिरहनु भयो । त्यसैको फलस्वरुप आज प्रजातन्त्र पुनःस्थापना भएको छ । कामगर्दै जाँदा सामान्य खटपट भएपनि सबै एकसुत्रमा बाँधिनुपर्छ र यसैमा हामी सबैको कल्याण रहेको बिचार राख्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य र राष्ट्रिय–सभा सदस्य जितजङ्ग बस्नेतबाट आज हामी प्रजातन्त्रको खुला आकाशमा आफ्ना बिचार मन्थन गर्दै प्रजातान्त्रिक अधिकारको उपभोग गरिरहेकाछौं । यस महत्वपूर्ण अवसरमा अशल कार्यहरुमा होमिन पर्नेमा, अरुको उल्ल्याहटमा लागेर नेतृत्व माथि भएको उल्ल्याइँ र गरेको गालीमा क्षणीक रमाइलो ठानेर होमाहो गर्दा यसको परिणाम र सन्देश राम्रो नजाने भएकाले सकारात्मक बिचार अवलम्बन र प्रवाह महत्वपूर्ण हुनेहुँदा सबैजना अनुशासित भई, महामानवको त्याग र तपस्यालार्इृ आत्मसात र सम्मान गर्दै एकैठाउँमा बसेर सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखिएको थियो ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य, ललितपुर क्षेत्रनं. ३ का माननीय सांसद तथा पूर्व अर्थ राज्यमन्त्री युवा व्यक्तित्व उदय शम्सेर राणाबाट नेपाली कांग्रेस मुलुकको हितकालागि सबैभन्दा अशल पार्टी भएकाले सबैले हातेमालो गर्दै अघि बढ्नुपर्छ यसको विकल्प नरहेको धारणा राखिएको थियो ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य माननीय उर्मिला के.सी. नेपालबाट आजको यो कार्यक्रम सब्यभव्य र अत्यन्त सुन्दर देखिएको छ, सबैले एकार्कालाई सम्मान गर्ने बानीबसाउन ध्यानाकर्षण गराइएको थियो ।

कार्यक्रमका सभापति नेपाली कांग्रेस जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठबाट सबैले एकआपसमा हातेमालो गर्दै अघि बढे नै हामीले आगामी निर्वाचनमा सफलता ल्याउनसक्ने धारणा राखिएको थियो ।
यसरी नै “वी.पि. विचारगोष्टी”कार्यक्रममा शंकर तिवारी, नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा माननीय धना खतिवडा, आदरणीय व्यक्तित्व सुधाराज मुल्मी, नेपाली कांग्रेस वाग्मती प्रदेश उपसभापति चन्द्र महर्जन, नेपाली कांग्रेस महालक्ष्मी नगर सभापति दिवाकर सिल्वाल, जिल्ला प्रवक्ता सन्तोष के.सी., नेपाली कांग्रेस महिलासंघ केन्द्रीय सदस्य रिशा श्रेष्ठ, महालक्ष्मी नगरपालिका उपमेयर लक्ष्मी महर्जन, प्रदेश क सभापति दिवाकर नेपाल, ईतिहासविद तथा संचारकर्मी कृष्णप्रसाद ढकाल, ट्रेडयुनियन ललितपुर जिल्ला उपसभापति रामप्रसाद भण्डारी, आदिवासी महालक्ष्मी नगर सभापति सुदन ताम्राकार, मीना पाठक, विवेककुमार कार्की, ५नं.इकाई सभापति सूर्य बस्नेत, रुकु सापकोटा लगायतको विशाल उपस्थितिमा “वी.पि. विचार गोष्टी”कार्यक्रम संचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय