काठमाडौं,८ साउन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विपत् संकटग्रस्त क्षेत्र घोषणा भएका मधेशका क्षेत्रका जनतालाई आवश्यक राहत दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष यादवले विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेरमात्रै मधेशका किसानको समस्या समाधान नहुने भएकाले आवश्यक राहत दिन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाले विधुतीय सिचाइ प्रणाली, खानेपानीको व्यवस्थाका साथै संकटग्रस्त क्षेत्रमा २४ सै घण्टा विधुत आपूर्ति गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै यादवले किसानहरुले लिएको ऋणमा छुटको व्यवस्था र आगामी उत्पादनका समयमा अनुदानका साथै किसानहरुलाई विशेष सहयोग गर्नुपर्ने बताउनुभयो ।


उहाले जलवायु परिवर्तनको बहस गर्ने सरकारले वन फडानीका साथै वन फडानी गर्दै भूमाफियालाई जग्गा प्रदान गर्ने गरि कानून ल्याउन लागेको भन्दै आपत्ति जनाउनुभयो ।