श्रीमानको हत्या गरेकाे आरोपमा श्रीमती पक्राउ

२०८२ श्रावण ८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा, ८ साउन । वालिङ नगरपालिका वडा नम्बर ८ कटुञ्जेमा  श्रीमानको हत्या गरि फरार  रहेकी श्रीमती पक्राउ परेकी छन ।

वालिङ्ग नगरपालिका वडा नम्बर ८ कटुञ्जे नमुना टोल बस्ने ४९ वर्षका खुमानन्द लामिछानेको  २०८०/१/२२ गते हत्या गरेकाे आरोपमा श्रीमतीको पक्राउ परेकी हुन ।

श्रीमती  वालिङ् ८ वालिङ् मोडमा लुकिछिपी रहेको अवस्थामा मृतक को श्रीमती रञ्जिता लामिछानेलाई वालिङ् ८ वालिङ् मोडमा लुकिछिपी  बसेकाे  अवस्थामा  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जा का सूचना अधिकारी  प्रसन्न राज चौधरीले जानकारी दिनुभयो।

 लामिछाने लाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाट १० दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय