जलवायु परिवर्तनका कारण सुक्न थाल्यो रोपेको खेत पानी लगाउन नपाएर कृषक चिन्तित

२०८२ श्रावण ९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 5 मिनेट

जलवायु परिवर्तनका कारण समयमा वर्षा नभएपछि मुख्य बाली धान समयमा रोप्न नपाएको र रोपाइँ गरेको भए पनि पानी लगाउन नपाएकोमा कृषकहरु चिन्तित बन्न पुगेका छन् भने जलबायुका कारण गर्मी अत्यधिक बढी हुँदा मानवीय जीवनशैली प्रभावित भएको छ। असार सकिएर साउनको यतिका समय सकिदा पनि पानी राम्रोसँग नपरेपछि आकाशे पानीको भरमा खेती गर्ने किसान चिन्तित छदैछन भने जल वायु परिवर्तन का कारण समय मा पानी नपर्दा खोला नाला मा पानी नभएर बाली नाली मा समस्या छ दैछ भने मानवीय जीवन यापन प्रतिकूल मौसम का कारण समस्या बनाएको छ।

मानिस जिउने आधार नै कृषि रहेको र माना खाएर मुरी उब्जाउने समयमा खेती लगाउन नपाउँदा जीविकोपार्जन कसरी गर्ने भन्ने विषयमा स्थानीयहरू चिन्तित रहेका छन। मुलुकका कतिपय भेगमा रोपाइँ भइरहेको छ भने कतिपय ठाउँ मा बाढी आएर उद्धार को लागि समस्या भएको छ। कुनै ठाउ मा अनावस्यक बाढी आउने कति ठाउँ मा आवश्यक मात्रामा पानी नपर्नु विडम्बना को अवस्था रहेको छ भने खोला नाला ले भेट्ने ठाउँमा रोपाइँ गरेको भए पनि जल वायु परिवर्तन का कारण समय मा पानी नपर्दा खोला नाला मा पानी नहुँदा खेतमा पानी लगाउन नपाउनु समस्या रहेको छ। आकासे पानी र मूल फुटेर रोपाइँ गर्न भर पर्ने ठाउँको लागि त झन् ठूलो समस्या भएको छ।

धानको बीउ रोप्न को लागि २० देखि २८ दिन भित्रको समय उपयुक्त हुने कृषि विज्ञहरुले बताउँदै गर्दा त्यस सम्बन्धी ज्ञान र ध्यान भए पनि मौसम का कारण समस्या भएको स्थानीय कृषक हरु बताउँछन् । पानी को अभाव मा बीउ सुक्नु समस्या भएको छ रोपेको धान पानी नपाएर सुक्नु अर्को समस्या भएको छ। कृषि विज्ञहरुले दिएको सुझाव अनुसार रोपाइँ गर्न नपाउँदा उत्पादनमा ह्रास आउने अर्को समस्या छदैछ भने खडेरीले कतिको बीउ सुके को छ भने कति को बीउ को रोप्ने अवधि नै सकिएको छ। समय मा पानी नपर्दा अब पर्ने पानीले रोपाइँ गरे पनि राहत दिने अवस्था नरहेको किसान हरु बताउँछन्।
अधिराज्य भर मा कूल खेतीयोग्य जग्गामध्ये कति ठाउँ मा कुलोको पानी लाग्ने गरी सिञ्चित छ। तर कति ठाउँ मा पानी पुग्दा पुग्दा पनि कुलो को समस्या का कारण पानी पुर्याउन पाइएको छैन भने पर्याप्त मात्रामा पानी पर्न नसक्दा र लामो खडेरीले कुलो चल्ने पानीका स्रोत तथा मुहान मा पानी नभई सुख्खा भएका छन् । राम्ररी पानी नपरेसम्म मुहान नरसाउने हुँदा उब्जाउ भूमिमा रोपाइँ हुन नसकेको जन गुनासो उत्तिकै आइरहेका छन् ।

तीनै तहका सरकारका नीति तथा कार्यक्रम र बजेटमा कृषिको चर्चा भए पनि उपलब्धिमूलक रूपमा कार्यान्वयन नभएको किसानको गुनासो एकातिर छ भने कृषिमा आधुनिकीकरण भन्ने कृषि सडक भन्दै सडक खन्ने कृषिको लागि आवश्यक कुलो र खेति योग्य जमिन नाश हुँदा किसान हरु मर्कामा परेका छन् । त्यसै गरी खेतीयोग्य जमीन पुरिएर र कति खेतीयोग्य जमीन नहर कुलो नहुँदा समस्या मा रहेका छन् । त्यसै गरी आधुनिकीकरण का नाम मा जोत्नको लागि ट्याक्टर प्रयोग गर्दा कृषकलाई जोत्नको लागि सहज भएको छ तर गाई गोरु पालन नहुँदा कृषि लाई आबस्यक अर्गानिक मल उत्पादन मा ह्रास हुँदा वाली मा समस्या हुने रासायनिक मलको प्रयोग ले बाली मा रोग लाग्ने जमीन को उर्वर सक्ती कमजोर हुने अर्को समस्याका कारण उत्पादन वृद्धिमा समस्या देखिन्छ।

त्यसै गरी कृषक लाई सहजीकरण स्वरुप सरकारले दिने राहत वास्तविक कृषक सम्म नपुगेपछि असली कृषक लाई कुनै राहत मिलेको छैन भने प्रोत्साहन र प्रेरणाको स्रोत स्वरूप दिइने भन्ने सरकारको कृषक सम्बन्धी नीति ले बिचौलियालाई पोस्ने काम गरेको छ। वास्तविक कृषकमा न सहजीकरण भएको छ न प्रेरणा बढेको छ कृषक मा केवल निराशा बढेको पाइन्छ भने बिचौलिया को हात मा पुग्दा कृषकलाई राहत पुग्न नसक्नु समस्या र विभेदिकरण का कारण सरकारको नीति कार्यान्वयन मा कमजोरी हुनु मा असली कृषक मा असन्तुष्टि बढेको पाइन्छ।

सरकारको कृषि नीतिमा अनियमितता भए पनि मिहिनेती कृषकको आफ्नो प्रयास ले जीवन यापन मा अघि बढ्ने नीतिमा पनि जलबायु परिवर्तन ले अर्को समस्या थपेको छ। राहत नपाए र सरकारी सेवामा मौका नपाए पनि आफ्नो निरन्तर प्रयास मा जलबायु परिवर्तन का कारण समय मा खेती लगाउन नपाउनु र लगाएका खेतीमा पानी लगाउन नपाउने समस्या खेप्न कृषक बाध्य रहनु परेको छ।

बन् जंगल विनाश, नदी क्षेत्रमा अनियन्त्रित उत्खननका कारण सन्तुलित वर्षा नभएको भनिए पनि स्थानिय स्तरमा यी सबै नहुँदा पनि विश्व व्यापी समस्याका कारण औद्योगिकीकरण को कुनै साधन नहुँदा पनि अन्तराष्ट्रिय स्तरको सहजीकरणको विलासी जीवन को परिणाम कमजोर मुलुकले भोग्नुपरेको छ। यसको लागि सरकारले न कुनै पहल गर्न सक्छ न त औद्योगिकीकरण लाई प्राथमिकता मा राखेर अघि बढ्न सक्छ। निकै समस्या को विषय कमजोर र विकासोन्मुख देशका नागरिक ले खेप्नु परेको छ।

सही समयमा पानी नपर्नु प्राकृतिक कारण भए पनि अधिकांश उत्खनन जंगल विनाश मानव सिर्जित समस्या नै जल वायु परिवर्तन का माध्यम मानिन्छन् । तर जंगल वृद्धि भई रहेको समय भए पनि आधुनिकीकरण को जुन अन्तर्राष्ट्रिय माहोल छ जसका कारण विकासोन्मुख देशका लागि मार परिरहेको छ। यसको लागि जलबायु सम्बन्धी सचेतना कार्यक्रम भन्ने गरेको सुनिएको छ तर कार्यान्वयनको लागि सरकार ले न सचेतना सम्बन्धी कुनै कार्यक्रम लाई प्राथमिकता दिएको छ न सहजीकरणको लागि कुनै मार्ग खुलाउन सकेको छ । यसको मार मात्र आम नागरिकलाई परेको छ। यस्तै अवस्था रहेसम्म यस्तै विभेद को अवस्था लाई प्राथमिकता मा राख्ने नेतृत्व हुँदा सम्म न कृषक लाई प्रेरणा मिल्छ न राष्ट्रले काँचुली फेर्छ। अवस्था अनुसारको व्यवस्था मा समाधान र परिस्थिति अनुसार मनस्थिति निर्माण गरेर अघि बढ्न सकिएन भने न कुनै सम्भावना रहन्छ न कुनै स्रोत रहन सक्छ । स्रोत साधन नभएको होइन स्रोत साधन अनुसार व्यवस्थित बनाएर अघि बढ्न नसक्नु बौद्धिकता को कमजोरी हो। त्यसैले विवेक सही ठाउँमा प्रयोग गरेर सम्भावना बढाउन र समस्या माथि छलफल गरी समाधान को नीति लियो भने समस्या कहीं पनि रहँदैन । प्राकृतिक प्रकोप पनि मानव निर्मित भन्ने गरिन्छ भने जिम्मेवारी पूर्वक कर्तव्यनिष्ट भएर कार्य गर्न सके समस्या उत्पन्न हुनबाट रोक्न सकिन्छ । मानवले गरेका गलत गतिविधिले मानव लाई समस्या आफ्नो ठाउँ मा छ तर प्रकृति माथि पनि समस्या बनाउने काम रोक्न जरुरी छ। किनभने हामी जतिसुकै आधुनिकीकरण मा पुगे पनि कृषक को मिहिनेत बिना बाँच्न सकिँदैन । जिउने प्रमुख आधार कृषि हो। यसको सहजताको लागि प्राकृतिक दोहन गर्ने कार्य बन्द गरौं। प्रकृति प्रेमी बनेर सहजीकरण गरौ । जलबायु को समस्या नबनाई समाधान को बाटोमा अघि बढौ। यसको लागि विवेकी तवर मा राज्यले पनि व्यवस्था गरी नीति नियम लाई कार्यान्वयन गराउनु जरुरी छ। जलबायु यो मार को अवस्था मा पनि सजग भएर विवेक पूर्वक समाधानको उपाय नखोज्ने हो भने र नेतृत्व वर्गले समस्या को समाधान मा।महत्व दिँदैन भने सरकार र नेतृत्व वर्ग हुनु र नहुनु फरकपन देखिँदैन।

देश भित्र प्राध्यापक हरुको ठूलो जमात छ। राज्यले बौद्धिक वर्गलाई ल्याएर उपयोग गर्नुपर्ने ठाउँ मा बौद्धिक वर्गको बेवास्ता गरेको देखिन्छ। बौद्धिक व्यक्तित्वहरुको विचार लाई अघि सारेर बहस गरेर त्यसबाट निस्कने उचित निर्णय लाई प्राथमिकता मा राखेर काम गर्नुपर्ने ठाउँ मा राम्रो सङ्ग पढ्न पनि नजान्ने व्यक्ति नीति नियम बनाउने ठाउँ मा पुर्याएर ठूलो गलत गरिरहेको छ। परिवर्तन गर्ने भनेको बौद्धिकता भएको व्यक्तिले हो । तर यहाँ समावेशी र आरक्षण का नाम मा बौद्धिक व्यक्तित्व पछि खुम्चिएर बस्नु पर्ने परिस्थिति सृजना भएको छ भने जेनतेन अलि अलि पढेका तर खासै दिमाग चलाउन नजान्ने वर्ग लाई नेतृत्वमा राख्दा बेथिति विचलन र भ्रष्टाचार मौलाएको छ।

देशको परिस्थिति सुधारोन्मुख तवरमा अघि बढाउने हो भने वैद्धिक व्यक्तित्वको बौद्धिकता विज्ञताको सदुपयोग गर्दै विवेकी र इमान्दार व्यक्तिलाई अघि सार्नु आवश्यक रहन्छ। विषय गत रुपमा बौद्धिकता भएका विज्ञलाई सदुपयोग गरेर विधि अनुसार छलफल गरी नीति निर्माण मा अघि सार्नुपर्छ । तब मात्र केही हद सम्म परिवर्तन सम्भव देख्न सकिने र समस्या बाट मुक्त हुन सकिने सम्भावना रहन्छ।

पूजा खड्का
भिरकोट नगरपालिका,३ स्याङ्जा
लेखक हेर्ने कुरा डटकम स्याङ्जा जिल्ला रिपोटर हुनुहुन्छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय