बुटवल–पाल्पा सडक फेरि अवरुद्ध

२०८२ श्रावण २०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बुटवल , २० साउन। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक अन्तर्गत तिनाउ–३ सिद्धबाबा नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार अविरल वर्षाका कारण माथिबाट ढुङ्गासहितको पहिरो खस्दा दुईतर्फी बाटो अवरुद्ध भएको हो ।

निरन्तरको वर्षाका कारण यस क्षेत्रमा सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ ।

सडक अवरुद्ध भएपछि अहिले बुटवलबाट पाल्पा  जाने  र आउने सवारी सधान बिचबाटोमा रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय