पहिराेले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

२०८२ श्रावण २०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा ,२० साउन । अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

सिद्धबाबा क्षेत्रका तीन ठाउँमा ढुङ्गासहित पहिरो खसेपछि सोमबार साँझदेखि पूर्ण रूपमा अवरुद्ध बनेको सडक आज साँझदेखि एकतर्फी सञ्चालनमा आएको हो ।

पाल्पा । अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

सिद्धबाबा क्षेत्रका तीन ठाउँमा ढुङ्गासहित पहिरो खसेपछि सोमबार साँझदेखि पूर्ण रूपमा अवरुद्ध बनेको सडक आज साँझदेखि एकतर्फी सञ्चालनमा आएको हो ।

पानी परेर सिद्धबाबा खण्डमा पहिरो खस्ने, ढुङ्गा खस्ने भएपछि प्रहरी चौकी दोभान, प्रभास, बर्तुङले सवारीसाधन रोक्दै गरेका छन्  । पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट आवतजावत गर्ने सवारीसाधन बाटोमा रोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय