शिक्षकको कार्यसम्पादन मूल्यांकन अंक ८० मा झार्ने सहमति

२०८२ श्रावण २२, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२२ साउन। संसद्को शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकको पाँच वर्षको कार्यसम्पादन मूल्यांकनको नम्बरमा सहमति जुटेको छ । बिहीबार समितिको बैठकमा पाँच वर्षको कार्यसम्पादन मूल्यांकनको नम्बर ९० बाट ८० मा झार्ने सहमत जुटेको हो ।

यसैगरी, समितिमा शिक्षक प्रधानाध्यापक नियुक्त भएपछि स्वत: शिक्षक महासंघको सदस्यता निष्क्रिय हुने बुँदा पनि पारित भएको छ ।

अहिलेसम्म बैठकमा चार नम्बर बुँदासम्म सहमति जुटिसकेको छ । अहिले पाँचौँ बुँदामा छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय