पूजा खड्का
स्याङ्जा, २२ साउन । पंजीकरण सम्बन्धी कसुर मुद्धाका फरार प्रतिवादी दुई वर्ष पछि पक्राउ परेका छन् ।
२०८०/९/२९ गते पंजीकरण सम्बन्धी कसुर मुद्धा दर्ता भई फरार रहेका वालिङ्ग नगरपालिका वडा नम्बर ७ बस्ने ३४ वर्षिय लक्ष्मी खड्का लाई पोखरा महानगरपालिका वडा नम्बर ८ चिप्लेढुंगामा लुकिछिपी बसेको अवस्थामा पक्राऊ गरेको जिल्ला प्रहरी कार्यालय का सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो।


खड्कालाई जिल्ला अदालत बाट १० दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ।
त्यसै गरी अदालतको फैसला चुस्त दुरुस्त र प्रभाबकारी बनाई न्यायिक कारबाही लाई पूर्णता दिई सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको लागी बिहीबार जिल्ला प्रहरी कार्यालय स्याङ्जा बाट खटिएको विशेष अप्रेशन टोलीले लागू औषध मुद्धामा रु चार सय जरिमाना तोकिई फरार रहेका पुतलीबजार नगरपलिका वडा नम्बर ७ बस्ने २५ वर्षिय सागर परियार लाई पक्राउ गरी जरिमाना असुलको लागि जिल्ला अदालत बुझाएको प्रहरीले जनाएकाे छ ।