नेपाल शिक्षक महासंघले भाद्रको दोश्रो हप्ताबाट आन्दोलन गर्ने

२०८२ श्रावण २२, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२२ साउन। नेपाल शिक्षक महासंघले भाद्रको दोश्रो हप्ताको प्रारम्भबाट आन्दोलन गर्ने निर्णय गरेको छ ।

बिहीबार काठमाडौंमा बसेको महासंघको बैठकले पूर्वसहमति अनुसार शिक्षा विधेयक अघि नबढेको भन्दै भाद्रको दोश्रो हप्ताको प्रारम्भबाट आन्दोलन गर्ने निर्णय गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो ।

आन्दोलनका कार्यक्रमका लागि आन्दोलन परिचालन समितिले खाका तयार गर्ने र राष्ट्रिय समितिले पारित गर्ने उहाले जानकारी दिनुभयो । त्यसअघि भाद्र ३ र ४ गतेका लागि राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाएको अध्यक्ष सुवेदीले बताउनुभयो । उहाले शिक्षा समितिमा विधेयकमाथि के भइरहेको भन्ने आफुलाई जानकारी नभएको उल्लेख गर्दै प्रतिनिधिसभामा विधेयक दर्ता भएपछि मात्रै विधेयकले सम्बोधन गरेका बिषयको आंकलन गरिने जिकिर गर्नुभयो ।

बैठकमा सरकारसंग भएको सहमतिपछि अहिलेसम्मको अवस्थामा बारेमा समिक्षा गरिएको उहाले बताउनुभयो । समग्र शिक्षक कर्मचारीलाई सन्तुष्ट हुने गरि र विद्यालय शिक्षाका समस्या समाधान गर्ने गरि विधेयक आउने जस्तो नदेखिएको महासंघको बुझाइरहेको सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय