काठमाडौं ,२२ साउन। उपसमितिको प्रतिवेदनमा संशोधनसहित विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाको शिक्षा स्वास्थ तथा सूचना प्रविधि समितिबाट पास भएको छ । समितिको सचिवालयले प्रतिवेदन लेखन सकाएपछि विधेयक प्रतिनिधिसभामा पेस हुनेछ ।
बिहीबारको बैठकले निजी विद्यालयले दिने कम्तीमा १० प्रतिशत पूर्ण छात्रवृत्ति, शिक्षक बढुवा र कार्यसम्पादन मूल्यांकन, शिक्षक महासंघको विषय टुंगो लगाएको थियो ।

