समाजलाई एकतावद्ध बनाउन मौलिक चाडपर्वको निकै ठूलो महत्व छ : सभामुख घिमिरे

२०८२ श्रावण ३१, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , ३१ साउन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समाजलाई एकतावद्ध बनाउन मौलिक चाडपर्वको निकै ठूलो महत्व रहेको बताउनुभएको छ । ताप्लेजुङ समाज नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको लाखेजात्रा महोत्सव उद्घाटन गर्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।

उहाले मौलिक चाडपर्वले मुलुकको सांस्कृतिक विविधता, सहअस्तित्व र परम्परागत धरोहरको संरक्षणमा ठूलो योगदान पु¥याउने विश्वास समेत व्यक्त गर्नुभयो ।

देशका सांस्कृतिक सम्पदा जोगाउँदै आगामी दिनमा अझ भव्य रूपमा यस्ता पर्वहरु मनाउन समेत एकताबद्ध हुनुपर्ने उहाको भनाइ छ । कार्यक्रममा ताप्लेजुङको मौलिक लाखेजात्रा नाँच प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय