रुपन्देही कारागारबाट सारियाे रविलाई ललितपुरस्थीत नख्खु कारागार

२०८२ श्रावण ३१, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाै , ३१ साउन । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई ललितपुरस्थीत नख्खु कारागार स्थानान्तरण गरिएको छ ।

लामिछानेलाई शनिबार रुपन्देही कारागारबाट नख्खु कारागार ल्याइएको हो । लामिछानेलाई काठमाडौं ल्याउदा त्रिभुवन बिमानस्थल र नख्खु कारागार बाहिर ठूलो संख्यामा समर्थकहरु जम्मा भएका थिए ।

नख्खु कारागार पुराउदा लामिछाने समर्थकहरुले उहाको पक्षमा नारावाजी गरेका थिए ।

लामिछाने बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २५ देखि पुर्पक्षका लागि रुपन्देही कारगारमा थुनामा रहनुभएको थियो ।

लामिछानेले नख्खु कारागारमा स्थानान्तरणका लागि जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा निवेदन दिनुभएकोमा अदालतले जेठ १६ गते अनुमति दिएको थियो ।

अदालतले अनुमति दिएको लामो समयपछि कारागार व्यवस्थापन विभागले शुक्रबार स्थानान्तरणको निर्णय गरेपछि लामिछानेलाई शनिबार नख्खु कारागार ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय