गल्याङबाट मिर्मि जादै गरेकाे जिप दुर्घटना, २० घाईते (नामावलीसहित)

२०८२ भाद्र ८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, ८ भदौ । गल्याङबाट मिर्मि जादै गरेकाे जिप कालिगण्डकि ७ फेदिमा दुर्घटना हुदा २० जना घाईते भएका छन ।

लु १ ज ३१७४ जिप दुर्घटना भएको प्रहरीले जनाएकाे छ । सवार यात्रु सबै घाइते भएकाे प्रहरीले जनाएकाे छ । घाईते सबैकाे कालीगण्डकी अस्पताल लगिएको छ ।

२० जना घाईतेमध्ये १२ (वाह्र) जना महिला र ८ (आठ) जना पुरूष रहेको खुलेको जसमध्ये २ (दुई ) जना वालवालिका रहेको, दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।।

 घाईतेहरूमा:-
१) गाडि चालक जिल्ला स्याङजा गल्याङ न.पा. ७ चोक बस्ने वर्ष ३७ को लोक बहादुर सिंजाली- दाँया खुट्टामा चोट, अवस्था सामान्य ।
२)  कालिगण्डकी गाउँपालिका वडा नम्बर-०४ बलाम बस्ने वर्ष ३५ कि यमकला पाण्डे -दायाँ खुट्टा,टाउको, चोट अवस्था मध्यम ।
३)  कालिगण्डकी गा.पा. ६ बस्ने वर्ष ४५ कि नरमायाँ चुहान- अनुहारमा, बायाँ हातमा चोट, अवस्था मध्यम ।
४)  कालिगण्डकी गा.पा. ४ बस्ने वर्ष ४२ कि रुपमायाँ राना- शरिरमा भित्रीचोट, अवस्था मध्यम ।
५) कालिगण्डकी गा.पा. ४ बस्ने रुप मायाँ रानाको छोरा वर्ष १० को रुपम राना- दायाँ हातमा चोट, अवस्था मध्यम ।
६)  कालिगण्डकी गा.पा. २ बस्ने वर्ष १९ कि लक्ष्मी थापा- अनुहारमा चोट, अवस्था मध्यम ।
७)  कालिगण्डकी गा.पा. ९ बस्ने वर्ष २७ को शक्ती भट्टराई- टाउको दायाँ खुट्टामा चोट, अवस्था मध्यम ।
८) कालिगण्डकी गा.पा. २ कोटाकोट बस्ने वर्ष १९ कि कृष्ण राना- अनुहारमा,दायाँ खुट्टामा चोट, अवस्था मध्यम
९) तिनाउ गा.पा ३ बस्ने वर्ष २५ कि सुस्मा सुनार- बाहिरी चोट नभएको, अवस्था सामान्य ।
१०) तिनाउ गा.पा ३ बस्ने वर्ष २९ कि अप्सरा सुनार टाउ- पेटमा भित्री चोट, अवस्था मध्यम ।
११)  वालिङ न.पा. ८ बस्ने वर्ष २९ कि जानुका भण्डारी- शरीरमा भित्री चोट, अवस्था सामान्य ।
१२) वालिङ न.पा. ८ बस्ने जानुका भण्डारी को छोरी वर्ष ७ कि आरोही भण्डारी- वाँया खुट्टामा चोट, अवस्था मध्यम ।
१३) वालिङ न.पा. १४ बस्ने वर्ष १९ कि तुलसा डुम्रे- वायाँ हातमा चोट, अवस्था सामान्य ।
१४)  गुल्मी कालिगण्डकी गा.पा. १ बस्ने वर्ष ६० को तारापती पाण्डे- टाउकोमा चोट, अवस्था मध्यम ।
१५)  गल्याङ न.पा. ११ बस्ने वर्ष २० को रबिन परियार- बाहिरी चोट नभएको, सामान्य ।
१६)कालिगण्डकी गा.पा. २ बस्ने वर्ष २५ को पुर्ण बहादुर राना- बाहिरी चोट नभएको, सामान्य ।
१७) कालिगण्डकी गा.पा. ७ बस्ने वर्ष ६४ को शालिकराम पाण्डे- टाउको,छाटी र बायाँ खुट्टामा भित्री चोट, अवस्था मध्यम ।
१८)  वालिङ न.पा. १४ बस्ने बर्ष ३९ की उमा डुम्रे- शरीर बाजारिएको अवस्था सामान्य ।
१९)  गल्याङ न.पा ४ कुरुङचे बस्ने बर्ष २५ की बिष्णु मायाँ- न्यौपाने ढाडमा भित्री चोट अवस्था सामान्य ।
२०)  ९ तिरडाँडा बस्ने वर्ष ४२ की रेनुका खनाल- दाँया हात र छाती मा भित्री चोट अवस्था मध्यम रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय