कालीगण्डकी नदीको किनारमा बेवारिसे शव फेला

२०८२ भाद्र ८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा, ८ भदौ । कालीगण्डकी नदीको किनारमा बेबारिस शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार शनिबार दिउँसो पाल्पा तानसेन नगरपालिका १४ कमलपोखरी स्थित कालीगण्डकी नदी किनारमा बेवारिसे शव फेला परेको हो ।

शवको टाउकोको गिदीको भाग केही नभएको, शवको शरीरमा कपडा नभएको र सडीगलेको अवस्थामा रहेकोले पहिचान समेत गर्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार शव पुरुषको जस्तो देखिएको छ । प्रहरीले प्रारम्भिक अनुसान्धान कार्य गरी शव जिल्ला अस्पताल पाल्पामा पठाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय