स्वा.मोतिलालको परिवारलाई १८ लाख सहयोग उठ्यो (भिडियो सहित)

२०७९ माघ २६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई

स्याङ्जा,२६ माघ । वैदेशिक रोजगारीका क्रममा भारत जादा बाटोमै मृत्यु हुनुभएका गल्याङ नगरपालिका ४ सानो निबुवाका स्वर्गीय मोतिलाल भट्टराईको परिवारलाई आर्थिक सहयोग स्वरुप हालसम्म १८ लाख ८० हजार ३०० रकम जम्मा भएको छ ।

आर्थिक जोहो गर्ने प्रमुख ब्याक्तीको मृत्यु भएपछि घरमा रहेका ५ महिनाकाे छोरा र ६ बर्षिया छोरीको बिचल्ली नहोस् भन्दै विभिन्न क्षेत्रबाट सहयोग रकम उठेको थियो । त्यस्तै पछिल्लो समय कतारमा कार्यरत ऋषिराम पाण्डे, युवाराज न्यौपाने, बिश्व अधिकारी,हरि भट्टराई (बिर्घा) र सोम राना (दुधे चौर) लगायतको पहलमा उठेको ८६ हजार रकम हस्तान्तरण गरिएको थियो ।

रकम लिएर स्वर्गीय मोतिलाल भट्टराईको घरमा पुगेको टोलिलाई त्यस घटनाको आर्थिक अभियानकाे संयोजक रेवाकान्त न्यौपानेले यो अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिनुभयो ।

त्यस्तै सोही वडाका वडा अध्यक्ष ढाकाराम न्यौपानेले यो घटनालाई सबैमाझ पुर्याउन र सहयोग रकम जम्मा गर्न सहयोग गर्ने पत्रकारहरुलाई समेत धन्यवाद दिनुभएको थियो

सहयोग रकम हस्तान्तरण गर्न पुग्नु भएकी गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपानेले यो दुख क्षणमा देश बिदेशबाट सबै मिलेर सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद समेत दिनुभयो ।

कार्तिक २७ गते वैदेशिक रोजगारीको लागि भारत जानुभएका भट्टराई भारत लागे लगत्तै परिवारसंग सम्पर्क बिहिन हुनुभएको थियो । परिवारसंग सम्पर्क बिहिन हुनु भएका भट्टराईलाई खोजी गर्दा मंसिर ३ गते भारतको एक रेल स्टेसनमा मृत फेला पर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार