इन्डेक्स एक्स्चेन्जले ल्यायो घर जितौ योजना

२०७९ फाल्गुन २६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

युएई ,२६ फागुन । यूनाईटेड अरब ईमिरेट्स (यूएई) स्थित इन्डेक्स एक्स्चेन्जले बैधानिक तरिकाले रेमिटेन्स पठाउन भन्दै घरै घर जितौं, सबैले घर जितौं कार्यक्रम सार्वजनिक गरेको छ ।

दुबइमा आयोजित एक कार्यक्रममा इन्डेक्स एक्चेन्जका ब्यापार प्रबर्तन प्रमुख मिर के रसूलले यूएईमा कार्यरत नेपालीहरुलाई समेत लक्षित गरि प्रत्येक दुई हप्तामा एक घर उपहार जित्न सकिने गरी उक्त उपहार कार्यक्रम ल्याइएको जानकारी दिनुभयाे ।

इन्डेक्स एक्स्चेन्जले आईतवार ५ मार्चका दिन यूएईमा रहेका नेपाली समुदायका प्रतिनिधिहरुसँग एक अन्तर्कृया कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा रसूलले बैधानिक तरिकाले पैसा पठाउन नेपाली कामदारहरुलाई सचेत गर्न नेपाली समुदायका प्रतिनिधिहरुको मुख्य भूमिका रहनेमा जोड दिनुभयाे। आफ्नो देशमा पैसा पठाउँदा बैधानिक बाटो अपनाउनु पर्नेका फाईदा बेफाईदा बारे समुदायका प्रतिनिधिहरुले सचेतना फैल्याउनु पर्ने उहाँले सुझाब दिनुभयाे । बैधानिक तवरले पैसा पठाउँदा अन्तत देशलाई नै फाईदा पुग्छ भने गैर कानूनी कृयाकलापहरु निरुत्साहित हुनेछु रसूलले भन्नुभयाे । कार्यक्रमको सँयोजन ईन्डेक्स एक्सेन्जका नेपाली प्रतिनिधि तथा सिद्धार्थ बैंकका युएई प्रमुख नबिन पौडेलले गर्नुभएकाे थियाे ।

कार्यक्रमा गैर आवासीय नेपाली सँघ यूएईका अध्यक्ष ठाकुर प्रसाद ढुंगानाले आफुहरुले इन्डेक्स एक्स्चेन्जसँग सहकार्य गर्ने भन्दै नेपालीहरुलाई कानूनी बाटोबाट रेमिटेन्स पठाउन इन्डेक्सले गरेको प्रोत्साहनलाई धन्यवाद दिनुभयाे । नेपाल बिजनेस काउन्सिल दुबइका एकेन्द्र बहादुर थापाले इन्डेक्स एक्स्चेन्जले बरदुबई, रस अल खैमह लगायत अन्य क्षेत्रहरुमा पनि आफ्नो शाखाहरु बिस्तार गर्दै सबै नेपालीहरुसँग पुग्न सुझाब दिनुभयाे । नेपाली समाज यूएईका अध्यक्ष बेद प्रसाद अर्यालले नेपाली समुदायले ईन्डेक्ससँग राम्रो कामहरुमा सहकार्य गर्ने भन्दै बिभिन्न मोडालिटीहरुबारे सुझाब दिनुभयाे । नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष मेघराज सापकोटाले युएई मा रहेका नेपालीहरुलाई सहज् हुने र पहुचहुने गरी शाखा बिस्तार गर्नुपर्ने सुझाब दिनुभयाे । कार्यक्रममा पत्रकार निमेश गिरी, ईनास यूएईका अध्यक्ष एमडी बोहोरा, रेशम लामा, ओम कुमारी खाँड लगायतले आ आफ्नो भनाइ राख्नुभएकाे थियाे भने इन्डेक्स एक्स्चेन्जका रसूलले उठेका जिज्ञाशाहरुलाई सम्बोधन गर्नुभएकाे थियाे । ईन्डेक्स एक्स्चेन्जले ल्याएको उक्त घर जित्ने उपहार कार्यक्रम अप्रिल २० तारिक सम्म रहनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार