सरस्वती सस्कृत बिध्यापिठ क्याम्पस तिलोत्तमा ५ मा लगाइएको ताला अझै खुलेन

२०७९ चैत्र ३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

तिलोत्तमा, ३ चैत्र। स्ववियु निर्वाचनको बिषयलाई लिएर सरस्वती सस्कृत बिद्यापीठ क्याम्पस तिलोत्तमा ५ मणिग्राममा लगाइएको ताला अझै खुल्न सकेको छैन । गत फागुन २७ गते स्ववियु निर्वाचनका लागि उम्मेदवारी र मतदाता नामावली प्रकासन गर्दा आफ्नो नाम हटाइएको भन्दै अखिलका बिद्यार्थीहरुले क्याम्पस प्रशासन र स्ववियु कक्षमा तालाबन्दी गरेका थिए ।

ताला खोलि पठन पाठन नियमित गराउन पटक पटक छलफल एवं कुराकानी भएपनि बिद्यार्थी हठका कारण बार्ता निस्कर्ष बिहिन बनेको क्याम्पस प्रशासनको दाबि छ । पछिल्लो पटक क्याम्पस प्रशासनले छलफल एवं कुराकानीका लागी आन्दोलनरत अनेरास्ववियुका बिद्यार्थीलाई बार्तामा बस्न आग्रह गरेपनि प्रशासनमा तालाबन्दी गरेका बिद्याथी सम्पर्कबिहीन भएको क्याम्पस प्रमुख बालकृष्ण पाठकले जानकारी दिनुभएको छ ।

क्याम्पस प्रशासनले स्ववियु निर्वाचनका लागि दल दर्ता मिति फागुन १९ गतेलाई तोकेको थियो । क्याम्पसले तोकेकै समयमा नेबिसघ र अन्य स्वतन्त्र समुहले दल एवं उम्मेद्वारी दर्ता गरेपनि अनेरास्ववियुको तर्फाबाट सभापतीका प्रत्यासी बिष्णु प्रसाद अधिकारी एडीके लगायतले दल तथा उम्मेद्वारी दर्ता मिति फागुन १९ पछि भर्ना भै उम्मेद्वारी दिएकाले मतादाता नामावलीमा नाम समाबेश नागारिएको क्याम्पस प्रशासनले जनाएको छ ।

आउँदो ५ गते स्ववियु चुनावका लागी सरस्वती सस्कृत बिध्यापिठ क्याम्पसमा नेवि सँघको तर्फबाट सभापतिमा स्दिप ढकाल र स्वतन्त्रबाट विवेक शर्माको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय