पाल्पाको भुतखोलास्थित पोखरीमा डुबेर युवकको मृत्यु

२०८० बैशाख १, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा, १ वैशाख । पाल्पाको तिनाउँ गाउँपालिका–३ भुतखोलास्थित पोखरीमा डुबेर आज एक युवकको मृत्यु भएको छ । रुपन्देही सिद्धार्थ नगरपालिका–१२ बेलहीया बस्ने २० वर्षीय शिवम जैसवाल आफ्ना साथीसँग घुम्ने क्रममा बिहान साढे दश बजे अचानक आफैँ चिप्लिन गई पानीमा डुबेर मृत्यु भएको हो ।

पानीमा डुब्ने बित्तिकै प्रहरी चौकी दोभानबाट प्रहरी टोली खटिएर उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाबारे प्रहरीद्वारा अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय