प्रेस युनियन रुपन्देहीको अध्यक्षमा नेपाल

२०८० बैशाख ३०, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

लुम्बिनी, ३० वैशाख । नेपाल प्रेस युनियन रुपन्देहीको अध्यक्षमा कविन्द्र नेपाल निर्वाचित हुनुभएको छ । युनियनको शुक्रबार सम्पन्न २१औँ साधारणसभा तथा नवौँ अधिवेशनले नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा दीपक घिमिरे, समावेशी उपाध्यक्षमा कल्पना तिवारी, सचिवमा कपिल ज्ञवाली र कोषाध्यक्षमा गोविन्द बस्नेतलाई चयन गरेको छ ।  यसैगरी सीता बराल, तिलक सुवेदी र कृष्ण भण्डारी सहसचिव तथा भुवन जिसी सह–कोषाध्यक्ष चयन हुनुभएको छ ।

कार्यसमिति सदस्यमा ललित पाण्डे, माधव पौडेल, तिर्सना पन्थी, सृष्टि अधिकारी भुसाल, हृदयराम गुप्ता, राहुल सापकोटा, कमला अर्याल, सुवास पौडेल, दिनेश पान्डे, ललिता घिमिरे, सिर्जना भट्टराई, मिठु खान, जयस महमद खान र ज्ञानकुमारी विक निर्विरोध निर्वाचित हुनुभएको छ ।

अधिवेशनको उद्घाटन समारोमा विभिन्न शीर्षकका पुरस्कारले अग्रजहरुलाई सम्मान गरिएको थियो । जिपी कोइराला स्मृति पत्रकारिता पुरस्कार–२०७८ बाट पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष तथा प्रेस युनियन रुपन्देहीका पूर्वसभापति रामराज पोखरेललाई सम्मान गरिएको छ ।

यसैगरी वर्ष २०७९ का लागि सोही शीर्षकको पुरस्कार पत्रकार भवानीप्रसाद पाण्डेलाई प्रदान गरियो । उक्त पुरस्कार रु २५ हजार राशिको रहेको छ । यसैगरी टोप सुशीला शिक्षा पत्रकारिता पुरस्कारबाट रु २० हजार राशिसहित पत्रकार माधव नेपाल सम्मानित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय