
प्रवासी नेपाली समन्वय समितिको साझेदारीमा श्रम रोजगार पत्रकार समूहले स्थापना गरेको ‘श्रम रोजगार पत्रकारिता
पुरस्कार–२०७९’ हस्तान्तरण समारोहलाई शुुक्रबार सम्बोधन गर्दै उहाँले वैदेशिक रोजगारीलाई मर्यादित, सम्मानित र सुरक्षित गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो ।

“खुला अर्थतन्त्र र विश्वव्यापीकरणको अहिलेको सन्दर्भमा श्रम बजारको ‘मुभमेन्ट’ लाई व्यवस्थित बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “अहिलेको विश्वव्यापीकरणको फाइदा नेपालले पनि लिनुपर्छ, यसलाई अवसरका रूपमा लिँदै मुलुकलाई समृद्ध बनाउनुपर्छ ।”


विश्व बजारमा रहेको रोजगारका सम्भावनालाई खुला गर्न सरकार लागि परेको उल्लेख गर्दै मन्त्री भण्डारीले भन्नुभयो, “कूटनीति सम्बन्ध स्थापना भएका सबै मुलुकमा रोजगारीको सम्भावना खुला गर्न सरकारले पहल जारी राखेको छ ।”


पाँच पत्रकार पुरस्कृत
कार्यक्रममा मन्त्री भण्डारीले श्रम आप्रवासनका क्षेत्रमा उत्कृष्ट समाचार सामग्री तयार गर्ने पाँच पत्रकारलाई पुरस्कार प्रदान गर्नुभएको थियो । उहाँले प्रथम पुरस्कार भूपराज बस्याल र तारा चापागाईं (अन्नपूर्ण पोष्ट), द्वितीय पुरस्कार मुना कुँवर (नयाँ पत्रिका)तथा तृतीय पुरस्कार पवन पाण्डे (द काठमाडौँ पोष्ट) र मेघराज सापकोटा (कान्तिपुर)लाई प्रदान गर्नुभयो ।
पुरस्कारको राशि जनही क्रमशः रु २० हजार, रु १५ हजार र रु १० हजार रहेको छ । समूहले प्रवासी नेपालीका क्षेत्रमा काम गर्दै आएको प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)सँगको साझेदारीमा पुरस्कार प्रदान गरेको हो ।