स्याङ्जालि चेलिको स्याङ्जा सहयोग समाजद्वारा उपचार

२०८० जेष्ठ २२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

निशान भट्टराई
स्याङ्जा, २२ जेठ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले एक महिलाको उपचार गरेको छ ।

स्याङ्जा जिल्ला चापाकोट माइतीघर भइ हाल दाङमा बसोबास गर्दै आएकी स्याङ्जालि चेली सम्झना चौधरी कामगर्ने क्रममा हातमा चोटलाग्दा हात भाचिएको थियो । उहाँसंग तत्काल उपचार गर्न सक्ने समेत आर्थिक अवस्था नहुदा समाजले सहयाेग गरेकाे स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्यालले जानकारी दिनुभयाे । त्यसैगरी यस घटनाले उहाँको दैनिक जीवन यापनमा समेत प्रभाव परेको थियो । यस कुराको जानकारी स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य तथा नेदरल्यान्ड अध्यक्ष राजेन्द्र शर्मा मार्फत सस्थामा आएको हुदा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य तथा नेदरल्यान्ड अध्यक्ष राजेन्द्र शर्माको पहल एबम सहयोग तथा सस्थाका केन्द्रिय अध्यक्ष टुकराज अर्यालको बिशेष समन्वय र सहयोग एबम सस्थाका उपाध्यक्ष हेमन्त रानाभाट,सचीव मीन क्षेत्री सचीव इन्दिरा खनाल सल्लाहकार कमल न्यौपाने सल्लाहकार शुक बहादुर के सि सस्थाका सदस्य तथा एनसीसी बेल्जियम अध्यक्ष नवीन गुरुङ तथा कार्यसमिति सदस्य गुप्त गैह्रे लगायतको सहयोगमा सस्थाका कोषाध्यक्ष खगेन्द्र गैह्रेको बिशेष निगरानी परामर्श र उपस्थितिमा सम्झना चौधरीलाई साझा हस्पिटल प्रा लि बुटवलमा‌ उपचारका लागि लगिएको थियो ।

साझा हस्पिटल प्रा लि बुटवलका हाडजोर्नी नशा तथा ट्रमा सर्जरीका वरिष्ठ डाक्टर लक्ष्मण शर्माको नेतृत्वमा सम्झना चौधरीको हातको अप्रेसन मार्फत उपचार गरिएको थियाे । धेरै समयदेखी आर्थिक जुटाउन नसकेर घरमै बस्नु पर्दा चोट लागि भाचिएको भाग बिग्रन पुगि थप पीडामा रहेको स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले पीडितको उपचारको लागि रु १०७५०० (एक लाख सात हजार पाच सय) बराबरको सहयोग जुटाइ सफल उपचार गरेको हाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय