दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी सञ्चालन गरिने : पर्यटनमन्त्री किराती

२०८० असार ११, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ११ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय गौरव अन्तर्गतका भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि पहल भइरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा पर्यटन मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै राष्ट्रिय गौरव अन्तर्गतका भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि पहल भइरहेको दाबी गर्नुभयो । गौतमबुद्ध विमानस्थलमा नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालम्पुर–भैरहवा–काठमाडौँ उडान सुरु गरिसकेको, जजिरा एयरले उडान गरिरहेकामा प्राविधिक कारण हालै उडान स्थगित गरेको उहाँको भनाइ छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालैमात्र चीनको सिचुवानले एयरलाइन्सले छेन्दुबाट पोखरा चार्टर्ड उडान गरेको र यसले आगामी दिनमा व्यावसायिक उडानको ढोका खुलेको पर्यटनमन्त्रीको भनाइ थियो । नयाँ हवाई रुटका सम्बन्धमा नेपाल र भारतका प्राविधिक टोलीले छलफल गरिसकेको भन्दै उहाँले प्रधानमन्त्रीको भारत भ्रमणका दौरानमा पनि त्यस विषयमा छलफल भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय