वायुसेवा निगमको ऋण रु ४८ अर्ब,ऋणको ब्याज अत्यधिक भएकाले पुन संरचना गर्न आवश्यक

२०८० असार ११, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ११ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) माथि हाल रु ४८ अर्ब ऋणभार रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा पर्यटन मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री किरातीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) माथि हाल रु ४८ अर्ब ऋणभार रहेकाे जानकारी दिनुभएकाे हाे । यो तत्कालीन समयमा निगमले दुई थान वाइडबडी र न्यारोबडी जहाज खरिद गर्दा लिएको ऋण हो । उक्त ऋणको ब्याज अत्यधिक भएकाले ब्याज पुनःसंरचना गर्न जरुरी रहेको मन्त्री किरातीले सदनलाई जानकारी गराउनुभयो । चिनियाँ जहाज भाडामा लिन अहिलेसम्म कुनै आवेदन नपरेको र हाल जहाजको मूल्याङ्कन भइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय