मेनपावर व्यवसायीद्धारा अध्यागमन विभाग घेराउ

२०८० असार ३१, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, ३१ असार । वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरूलाई पटकपटक रोकेको भन्दै मेनपावर व्यवसायीले आइतबार अध्यागमन विभाग घेराउ गरेका छन् ।

विभिन्न प्लेकार्ड सहित विभाग पुगेका व्यवसायीले बिना कारण श्रमिकलाई दुख दिएको भन्दै अध्यागमन विभाग प्रमुखको राजिनामा मागेका थिए । “डिजि होइन दलाल हो,भिजिट भिसा बन्द गर,वैदेशिक रोजगारीमा जाने श्रममीकलाई दुख दिने काम बन्द गर,व्यवसायी दुख दिने काम बन्द गर” लगायतका नारा सहित घेराउ गर्न पुगेका व्यावसायीले पछिल्लो समय अध्यागमन विभागले गरेको ज्यादतीको छानबिन नभए थप आन्दोलनका कार्यक्रम गर्ने घोषणा समेत गरेका छन् ।

श्रम गरेर वैदेशिक रोजगारीमा हिडेका नागरिकलाई पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले भिसामा संका देखिएको भन्दै नागरिकलाई एर्पोटबाट फिर्ता गर्दै आएको छ । श्रम गरेर वैदेशिक रोजगारीमा हिडेका नागरिकलाई अध्यागमनले फिर्ता गरेपछि त्यसको बिरोधमा व्यवसायी आन्दोलित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय