एनआरएनए युएई गम्भिर बिबादमा

२०८० श्रावण ६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युएई ६ साउन । गैर आवासीय नेपाली सॅघ (एनआरएनए) युएई गम्भिर बिबादमा फसेको छ । सयौं फर्जी सदस्यता बनाईएको भन्दै बिबाद बढेसॅगै आगामी ३० तारिक हुने भनिएको अधिवेशन अनिश्चित बनेको छ ।

अध्यक्षका अर्का आकांक्षी पाशांग शेर्पाले जुलाई २१ तारिक पत्रकार सम्मेलन गर्दै आफूहरुले अधिबेशनमा भाग नलिने घोषणा गरेका छन् । शेर्पासॅगै एमाले निकट प्रवासी नेपाली मॅचले पनि अधिबेशन बहिष्कार गरेको छ ।

एकपक्षिय निर्वाचन समिति गठन गरेको, निर्वाचन आचार सॅहिता र पकृयाहरुमा गम्भिर त्रुटि गरेको, मतदाता नामावली प्रकाशन र दावी बिरोध गर्न प्रतिबन्ध गरेको, एउटै पार्टी निकटका मात्र राखेर निर्वाचन समितिसॅग सॅाठगॅाठ गरेको र सयौं फर्जी सदस्यता बनाएको आरोप लगाउॅदै छानवीन गर्नु पर्ने शेर्पा लगायत बहिष्कार गर्ने समुहको रहेको छ । शेर्पाले निर्वाचन पकृया नसच्याए सॅस्थामा गम्भिर दुर्धट्ना घट्नसक्ने चेतावनी समेत दिएका छन् ।

यसैबिच एनआरएनए आईसिसी अध्यक्ष बद्री केसीले सदस्यता छानवीन गर्न उच्चस्तरीय समिति गठन गरेका छन् । उपाध्यक्ष डिबी क्षेत्रीको सॅयोजकत्वमा मध्यपूर्व सॅयोजक मनोज गोर्खाली र राजेन्द्र कुमार अर्याल, राजु केसी सहित सात सदस्यीय बने पनि समितिले हाल सम्म कुनै कार्य थालनी गरेको छैन । यस अघि पनि केसीले पटक पटक दिएको निर्देशन अटेर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय