बैतडीका बालक पाँच दिनदेखि बेपत्ता

२०८० श्रावण १२, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बैतडी, १२ साउन । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ कनिना डङाका १४ वर्षीय रमेश भट्ट बेपत्ता भएका छन् । उनी पाँच दिनदेखि सम्पर्कमा छैनन् ।

सुस्तमनस्थितिका भट्ट गत आइतबारदेखि घरबाटै बेपत्ता भएका हुन् । उनको परिवारले खोजतलास गरिदिन प्रहरीमा निवेदन दिएको छ ।

भट्टको खोजी जारी रहेको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय