अधिवक्ता भगवती पाण्डे विरूद्ध पक्राउ पुर्जी जारी

२०८० श्रावण १२, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १२ साउन । अधिवक्ता भगवती पाण्डे शीलत विरूद्ध पक्राउ पुर्जी जारी भएको छ। शुक्रबार काठमाडौं जिल्ला अदालतले पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।

जिल्ला प्रहरी परिसरका काठमाडौंका डिएसपी अनिल अधिकारीले पाण्डेविरूद्ध जारी पक्राउ पुर्जी बुझ्ने क्रममा रहेको जानकारी दिए।

अधिवक्ता पाण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।

सोही अभिव्यक्तिलाई लिएर उनीविरूद्ध तामाङ र मगर समुदायका व्यक्तिहरूले दिएको उजुरीका आधारमा पाण्डेविरूद्ध जातीय भेदभावको कसुरमा पक्राउ पुर्जी जारी भएको डिएसपी अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय