एनआरएनए एनसिसी यूएईको निर्वाचन रोक्न माग गर्दै अदालतमा मुद्दा,बिपक्षीलाई आईतवार १० बजे उपस्थित हुन आदेश

२०८० श्रावण १३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १३ साउन ।  गैर आवासिय नेपाली सॅघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी) यूएईको अधिबेशन र निर्वाचन सम्बन्धमा पाटन उच्च अदालतमा मुद्दा दायर भएको छ ।

फर्जी सदस्यता बितरण भएको, निर्वाचन समितिको मिलेमतोमा मतदाता नामावली प्रकाशन नगरेको, दावी बिरोधको मौका नदिएको, उम्मेद्वार उपर परेको दावी बिरोधको छानवीन नगरेको भन्दै ३० जुलाईमा हुन गइरहेको अधिबेशनलाई बैधता नदिन अन्तरिम आदेशको माग गर्दै मुद्दा दायर भएको हो ।

एनआरएनए आईसिसी, एनआरएनए एनसिसी यूएईका अध्यक्ष ठाकूर प्रसाद ढॅुगाना, निर्वाचन समिति सहित १० जना उपर मुद्दा दायर गरिएको हो ।

पाटन उच्च अदालतले बिपक्षीको नाममा श्रावन १४ गते आईतबार  (जुलाई ३० तारिक) १० बजे बिपक्षीलाई छलफलको लागि आउन भन्दै कारण देखाउ आदेश जारी गरेको छ ।

आईतवार नै दिउॅसो १ बजे राष्ट्रिय समन्वय परिषद यूएईको अधिबेशन तोकिएको छ । अदालतको आदेशले यूएईमा हुन गइरहेको अधिबेशन अनिश्चित बनेको छ ।

पटकपटक विवाद बन्दै आएको एनआरएनए एनसिसी युएई गत बर्ष निर्वाचनको समयमा पनि ठूलो विवादमा फसेको थियो । विवादमा फसे पछी केही समय रोकिएको अधिबेशन अन्त्यमा सर्वसहमतिमा टुंगिएकाे थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार