यूएईका लागि राजदूत तेजबहादुर क्षेत्री

२०८० श्रावण १९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १९ साउन । यूएईको राजदूतका लागि तेजबहादुर क्षेत्रीको नाम संसदीय समितिले अनुमोदन गरेको छ । न्युयोर्क, फ्रान्स, जेनेभा, युएई, थाइल्यान्ड र कुवेतको राजदूतका लागि सरकारले २६ असारमा सिफारिस गरेका नाम बिहीबार बसेको समितिको बैठकले अनुमोदन गरेको हो ।

राष्ट्रसंघीय स्थायी नियोग न्युयोर्कमा लोकबहादुर थापा, राष्ट्रसंघीय स्थायी नियोग जेनेभाका लागि रामप्रसाद सुवेदी, फ्रान्सका लागि सुधीर भट्टराई, थाइल्यान्डका लागि धनबहादुर ओली, युएईका लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि घनश्याम लम्सालको नाम अनुमोदन भएको हो ।

सरकारले सिफारिस गरेको राजदूतको संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय