स्याङ्जा समाज अमेरिकाको पाँचौ साधारण सभा सम्पन्न,अध्यक्षतामा दिन दयाल

२०८० श्रावण २२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कल्पना भट्टराई

काठमाडौ,२२ साउन । अमेरिकामा रहनुभएका स्याङ्जाबासिको साझा सस्था स्याङ्जा समाज अमेरिकाको पाँचौ साधारण सभा एवम तेस्रो अधिवेशन अमेरिकाको न्युयोर्कमा भव्यताका साथ सम्पन्न भएको छ ।

स्याङ्जा समाज अमेरिकाको तेस्रो अधिवेशनबाट दिन दयाल भण्डारी (दिनेश) को अध्यक्षतामा सर्वसम्मत रुपमा कार्यसमिति बनेको छ । त्यस्तै समितिकाे बरिस्ट उपाध्यक्षमा खड्का जङ गुरुङ,उपाध्यक्षमा धुर्ब अर्याल,महिला उपाध्यक्षमा अम्बिका के सि,महासचिवमा शाेभा कान्त पाण्डे,सचिबमा यम बहादुर रानाभाट,कोषाध्यक्षमा अमर बिक्रम अधिकारी,सह कोषाध्यक्षमा धर्म राज खड्का,युबा संयोजकमा प्रदीप कुमार खड्का,महिला सयोजकमा सरु सुनार,सास्कृतिक समयोजकमा मधुर गिरि र बोड सदस्यमा सोनम गुरुङ,देबेन्द्र थापा दिपेन्द्र बस्याल र पन्ना गुरुङ चयन हुनुभएको छ ।

कार्यक्रममा अमेरिकामा रहेका स्याङ्जा जिल्ला बासिको अत्याधिक उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय