एयर इण्डियाको जहाज रनवेमा पुगेर समस्या, अरु जहाज आकाशमै होल्ड

२०८० श्रावण ३०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,३० साउन । नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा समस्या आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पुगेर उड्न लागेको विमानको ब्रेकमा समस्या देखिएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिनुुभयो ।

एयर इन्डियाको जहाज रनवेमै समस्या आएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । करिब ४५ मिनेटदेखि जहाजहरु आकाशमै होल्ड भएको झाले जानकारी दिनुुभयो ।

समस्या आएको एयर इण्डिया २१६ जहाजमा १७९ जना यात्रु थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय