काठमाडौंमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा २ को मृत्यु

२०८० भाद्र ३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,३ भदौ । काठमाडौंको स्वयम्भू वनस्थली सडक खण्डमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

बालाजुबाट कलंकी जाँदै गरेको ना ५ ख ५०९२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश(०२(०३७ प ०७५५ नम्बरको मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको साँगाचोकगडीका ३२ वर्षीया अनिता थापा र अर्का एक ३२ वर्षीय पुरुषको मृत्यु भएको हो । उनीहरुलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै अन्दाजी १० वर्षीकी बालिकाको टाउकोमा चोट लागेको छ । मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार