अमेरिकी सेनाको हेलिकप्टर दुर्घटनामा तीन सैनिकको मृत्यु, २० जना घाइते

२०८० भाद्र १०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अष्ट्रेलिया,१० भदौ। अमेरिकी सेनाको एक हेलिकप्टर अष्ट्रेलियामा अभ्यासका क्रममा दुर्घटनामा परेको छ।

बिबिसीका अनुसार एमभी(२२बी ओस्प्रे हेलिकप्टर आइतबार अभ्यासका क्रममा टिवी टापुमा दुर्घटनामा परेको हो।दुर्घटनामा परी ३ जना सैनिकको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ।

अमेरिकी सैनिकहरू त्यहाँ अष्ट्रिलिया, फिलिपिन्स, पूर्वी टिमोर र इन्डोनेसियाका सैनिकहरूसँग संयुक्त सैन्य अभ्यास गरिरहेका थिए। दुर्घटनाको कारण खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार