स्याङ्जा कारागारका छ कैदीबन्दीको सजाय मिनाहा

२०८० आश्विन ३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ३ असोज । संविधान दिवसका अवसरमा स्याङ्जा कारागारका छ कैदीबन्दीलाई बाँकी कैद मिनाहा गरी छाडिएको छ ।

अदालतबाट तोकिएको कैद सजायमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवस २०८० का अवसरमा कैद मिनाहा गरिएको हो । स्याङ्जा कारागार प्रमुखका अनुसार कैद मिनाहा हुनेमा बहुविवाह ३, डाँका चोरीका २ र ज्यान मुद्धाका १ गरी ६ जना रहेका छन् ।

कैद मिनाह हुनेमा बहुविवाह मुद्धाका इश्वर कार्की, कोपिला दर्जा सार्की र जीवन कामी, डाँका चोरी मुद्धाका मुम्मुमत मियाँ र दिनेश कार्की रहेका छन् । त्यसैगरी सवारी ज्यानमुद्धाका एक जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार