स्याङ्जामा सर्पले टोक्दा एक घाइते

२०८० आश्विन ९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई
स्याङ्जा ,९ असोज । स्याङ्जाको पुतलिबजार नगरपालिकामा सर्पले टोक्दा एक जना घाइते भएका छन।
मङ्गलबार बिहान पुतलीबजार नगरपालिका वडा न ५ ढाडे बस्ने ६० बर्षकि रुकमाया आलेलाई खेतमा घाँस काट्दै गर्दा हरियो सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी रबिन्द्र खनालले जानकारि दिनुभयो ।

घाइतेलाई बायाँ हातमा टोकि उपचारका लागि जिल्ला अस्पताल स्याङ्जामा उपचार गरि थप उपचारका लागि पोखरा रिफर गरेको प्रहरी जनाएको छ ।
घाइते हिड्न बोल्न सक्ने हात सुन्निएको र अवस्था मध्यम रहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार