सिन्धुपाल्चोकको हेलम्बुमा आगलागीबाट तीन बालकको मृत्यु

२०७८ मंसिर ७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सिन्धुपाल्चोक, ७ मंसिर । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको ज्यान गएको हो ।

मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ रहेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा सोमबार साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय