वालिङबाट नदीजन्य पदार्थ अवैध उत्खन्न, ओसार पसार गर्ने ११ वटा ट्याक्टर प्रहरीकाे नियन्त्रणमा

२०८० आश्विन २५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, २५ असोज । स्याङ्जाको वालिङ नगरपालिकाबाट नदीजन्य पदार्थ अवैध उत्खन्न, ओसार पसार गर्ने ११ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

 वालिङ नगरपालिका १३ गाहाखोलास्थित आधीखोला किनारबाट उक्त ट्याक्टरहरु बुधबार राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका जानकारी दिनुभयाे ।

आधीँखोला किनारबाट अवैध रुपमा नदीजन्य पदार्थ वालुवा उत्खन्न, ओसार पसार संलग्न रहेको सुचनाका आधारमा ९ भरी र २ खाली गरी ११ ट्याक्टर नियन्त्रणमा लिएको खनालले बताउनुभयाे ।

नियन्त्रणमा लिएको ट्याक्टरहरुमा ग १ त ५९५१, ग १ त ५९४३, ग १ त ५९२४, लु १ त ७१५३, लु ४ त ६८७९, लु ४ त ४२६०, लु ४ त ६८८६, लु ३ त ५३०८, ग १ त ३३६९, ग १ त ५१०५ र ग १ त ६११० रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय