कांग्रेस काठमाडौँ क्षेत्र नं ५ को सभापतिमा खड्का निर्वाचित

२०७८ मंसिर ७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ७ मङ्सिर । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ को सभापतिमा श्यामबहादुर खड्का निर्वाचित हुनुभएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार सम्पन्न क्षेत्रीय अधिवेशनको आज सम्पन्न मतगणनाअनुसार खड्काले १५० मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी रमेशकुमार खड्काले १४० मत प्राप्त गर्नुभयो ।

यस्तै, सचिवमा रजनी थापा(१६७), पञ्चकुमारी श्रेष्ठ (१७७), सहसचिवमा राजु भण्डारी (१६८)र अञ्जना केसी महर्जनले (१२५) मत प्राप्त गरी विजयी हुनुभएको कांग्रेस काठमाडौँ क्षेत्र नं ५ का निर्वाचन अधिकृत प्रदीपकुमार पोखरेलले राससलाई जानकारी दिनुभयो ।

काठमाडौँ क्षेत्र नं ५ मा ३२८ मतदाता रहेकोमा ३२१ मत खसेको थियो । क्षेत्रीय कार्यसमितिका सदस्य भने निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो । यस्तै, मतदान प्रक्रियाबाट २६ जना महाधिवेशन प्रतिनिधि समेत छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार