स्याङ्जा ट्राफिकले सिद्दार्थ राजमार्गको चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्यो

२०८० आश्विन २६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,२६ असोज । चाडपर्वको आगमनसंगै राजमार्ग तथा जिल्ला का भित्री सडकमा यात्रा गर्ने यात्रुहरूको सहजतालाई लक्षित गरी जिल्ला ट्राफिक प्रहरी स्याङ्जाले जिल्लाको चार स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेको छ ।

जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले सिद्दार्थ राजमार्गको स्याङ्जा खण्डमा फेदीखोला, पुतलीबजार, वालिङ र गल्याङ गरि चार ठाँउमा आजदेखि यात्रु सहायता कक्ष स्थापना गरेको जिल्ला ट्राफिक कार्यालय स्याङ्जाका प्रमुख प्रविण आचार्यले जानकारी दिनुभयो ।

यात्रुको सहज आवतजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटना रहित बनाउने उद्देश्यले यात्रु सहायता कक्षको स्थापना गरिएको ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

यात्रु सहायता कक्षमा खटिएको टोलीले तोकिएको भाडादरभन्दा बढी भाडा लिए–नलिएको, लामो दूरीका सवारी साधनमा दुईजना चालक भए–नभएको चेक गर्ने, काउन्टरमा भाडादर टाँस्न लगाउनेछन् ।

सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राख्ने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्याई बाटोमै अलपत्र पार्नेजस्ता कार्यको निगरानी गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

यात्रु सहायता कक्षको आज शुक्रवार जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले एक कार्यक्रमको आयोजना गरि जिल्लाका चारवटै सहायता कक्ष स्थापना गरिएको छ ।

यात्रु सहायता कक्षको उद्घाटन स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारीले गर्नुुभएको थियो । उक्त समारोहमा विगतको अनुभवलाई लिएर सडक सुरक्षामा प्रभावकारी काम गर्न प्रहरीहरूलाई निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय