पाल्पामा मोटरसाइकल दुर्घटना पाँच घाइते, तीनको अवस्था गम्भीर

२०८० कार्तिक २८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा, २८ कात्तिक । पाल्पाको रामपुर नगरपालिका १० बर्दलेमा सोमबार साँझ मोटरसाइकल दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

कालीगण्डकी करिडोर सडक खण्डमा बर्दलेचोकदेखि रामपुरतर्फ जाँदै गरेको लु २१ प ५८४४ नम्बरको मोटरसाइकललाई सोही दिसातर्फ जादैँ गरेको लु २१ प ९९०२ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ठक्कर खाई दुर्घटना हुँदा पाँच जना घाइते भएको प्रहरीले बताएको छ ।

घाइते हुनेमा पाल्पा रामपुर नगरपालिका १० अदम्बरा बस्ने १६ वर्षीय आकाश सारु, सोही मोटरसाइकल पछाडी बस्ने १७ वर्षीय सुदिप सिंजाली मगर, चापाकोट नगरपालिका ९ बेल्चौर बस्ने १९ वर्षीय बिदुर भण्डारी, १९ वर्षीय सुदिप भण्डारी र ६ वर्षीय एलएस भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ ।

घाइतेमध्ये आकाश सारु, बिदुर भण्डारी र सुदिप भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

घाइते सबैको युनाटेड मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय