चेतना नभएका मुर्खहरूले राजतन्त्र मान्छन्: ओली

२०८० मंसिर ८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले हेर्दाहेर्दै वाक्क भएर राजतन्त्र अन्त्य गरेको भन्दै अब राजतन्त्र फर्किने कल्पना गर्न नहुने बताएका छन्।

शुक्रबार भ्रातृ संगठन युवा संघको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले चेतना नभएका मुर्खहरूले मात्रै राजतन्त्रको कुरा गर्ने बताएका हुन्।

‘हेर्दाहेर्दा वाक्क दिक्क भएर जनताले यो काम लाग्ने चिज रहेनछ भनेर राजतन्त्र फ्याँकेका हुन्। अहिले त्यही राजतन्त्र भनेर एकाथरी सडकमा छन्। चेतना नै नभएका मुर्खले राजतन्त्र मान्छन्,’ उनले भने, ‘नागरिक सर्वोच्चता स्वीकार्न नसक्ने? त्यो त चेतना हैन, मुर्खता हो।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय