राप्रपा अध्यक्षमा लिङ्देन निर्वाचित

२०७८ मंसिर १९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षपदमा राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा उहाँले एक हजार ८१७ मत प्राप्त गर्नुभएको थियो ।

उहाँका निकटतम् प्रतिस्पर्धी कमल थापाले एक हजार ६१७ मत प्राप्त गर्नुभएको थियो । निर्वाचनमा ५३१ मत बदर भएको पार्टीका नेता राजाराम श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय