चापाकोटमा ट्याङकर दुर्घटना हुँदा दुई घाइते

२०८० पुष २, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, २ पुस । स्याङ्जाको चापाकोट नगरपालिका ५ हिलामराङमा ट्याङकर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा चापाकोट नगरपालिका ५ मकैडाडा बस्ने ट्याङकरका सहचालक ३२ वर्षीय जिगर परियार र रुपन्देही उपमहानगरपालिका १८ नयाँ गाउँ बस्ने ट्याङकर चालक ३१ वर्षीय हिरा परियार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दीनुभयो ।

आइतबार राति हिलामराङस्थित ज्याग्दी खोलाबाट पानी लिई मकैडाडा तर्फ जादैँ गरेको हिमाल कन्ट्रक्शनको नम्बर नखुलेको ट्याङकर दुर्घटना भएको हो ।

ट्याङकर सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको छ । सहचालक परियारको चापाकोट नगर अस्पततलमा उपचार पश्चात डिस्चार्ज भएका छन् । त्यसैगरी चालकको रामपुर अस्पताल पाल्पामा उपचार पश्चात थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरेको प्रहरीले बताएको छ ।

 घटनाको आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय