स्याङ्जामा सांसदको अहिलेसम्मकै नयाँ अभ्यास,जनतामा लोकप्रिय हुँदै थापा

२०८० पुष १७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

युवराज पौडेल
स्याङ्जा,१७ पुस । युवा जोस जागर कस्तो हुन्छ भन्ने पछिल्लो समयमा स्याङ्जा देखा पर्न थालेको छ । स्याङ्जा क्षेत्र नम्बर १ बाट संघीय सांसद बन्नु भएका राजु थापाको यहाँ बेग्लै चर्चा हुने गरेको पाइन्छ । निर्वाचित नहुदा पनि सामाजिक क्षेत्रमा उत्तिकै खटिनु भएका थापा निर्वाचित भएपछि भने झनै लोकप्रियता बटुल्दै जानुभएको छ ।

नेपाली काङ्ग्रेसको जिल्ला सभापति हुँदै संघीय सांसद बन्नुनै थापाको लोकप्रियता बढ्दै गएको अर्को प्रमाण मान्न सकिन्छ । सधै युवाले फरक गर्छन् भन्ने सन्देश दिन चाहने थापाले पुराना कामको निरन्तरता संगै नयाँ काम थप गर्नु भएको छ । निर्वाचित भैसकेपछी जनताप्रति सधै उत्तरदायी हुनुपर्छ भन्ने थापा सांसदसंग जनता र स्थानीय जनप्रतिनिधिको संवाद कार्यक्रम सुरु गर्नुभएको छ ।

यो अभियान अन्तर्गतको पहिलो कार्यक्रम थापाले सोमबार अर्जुनचौपारी गाउँपालिका बाट सुरु गर्नुभएको छ । स्याङ्जा जिल्ला क्षेत्र नं १ का सङ्घीय संसद राजु थापाले जनता र स्थानीय जनप्रतिनिधिसँग सांसद कार्यक्रमको सुरुवात गर्नुभएको हो । सांसद थापाले आफ्नो क्षेत्रको अर्जुनचौपारी गाउँपालिकाबाट कार्यक्रमको सुरुवात गर्नुभएको हो ।

अर्जुनचौपारी गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका अन्तर्गतका राजनैतिक दलका जनप्रतिनिधि, स्थानीय प्रतिनिधि, आम सर्वसाधारण जनताको ठूलो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जनताहरुले सांसद थापालाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि लगायतका विभिन्न क्षेत्रका समस्याहरु सुनाउनु भएको थियो । सडक निर्माण, बाँदर समस्या, सुन्तला खेतीले मूल्य नपाएको, बेरोजगारी समस्या भएको लगायतका विषयहरु उठेका थिए । उठेका प्रश्नहरुको सांसद थापाले एक एक गरी उत्तर दिनुभएको थियो । जनताका चासो र गुनासोहरुलाई सम्बोधन गर्दै सांसद थापाले सङ्घीय सांसदका तर्फबाट जनताका मूलभूत समस्याका विषयमा निरन्तर संसदमा कुरा उठाएको बताउनुभयो । उहाँले जनप्रतिनिधिका दृष्टिले आफूले जनताका सरोकारका विषयलाई संसदमा उठाउँदै आएको बताउँदै भविष्यमा पनि उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विकासका काममा पार्टी नभन्ने र कुनै पनि प्रकारको राजनीति नगर्ने पनि बताउनुभयो ।

कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रकाश तिवारीले स्थानीय पालिकाले गर्न सक्ने विकास निर्माणका काम गरिरहेको र प्रदेश तथा सङ्घसँग सम्बन्धित भएर गर्नुपर्ने काममा सांसद थापासँग मिलेर काम गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलका प्रतिनिधिहरुले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेपाली काङ्ग्रेसका गण्डकी प्रदेश संसदीय बोर्ड सदस्य कुमबहादुर गुरुङले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय