नक्कली मदिरा उत्पादन गर्ने ९ जना पक्राउ

२०८० माघ ३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ३ माघ । स्वदेशी तथा विदेशी ब्रान्डका मदिराको नक्कली उत्पादन गर्दै बजारमा पुर्‍याउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँमा नक्कली मदिराको कारखाना र गोदाममा छापा मारेर प्रहरीले गिरोहलाई पक्राउ गरेको हो ।

काठमाडौंका विभिन्न ठाउँहरूबाट नक्कली मदिरा बनाउने कारखानासहित ९ जनालाई आज नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले बतायो ।

उनीहरूले महंगो ब्रान्डका मदिराको बोतलमा नक्कली मदिरा मिसाएर बिक्री वितरण गर्ने गरेको खुलेको छ । उनीहरूलाई प्रहरीले आज नै सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय